• २०८३ कार्तिक २५ बुधबार

बोर्नमाउथमाथि टोटनह्यामको शानदार जित

बोर्नमाउथमाथि टोटनह्यामको शानदार जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा पापे माटर सार, सन हेंग मुन र रिचार्लिशनले एक एक गोल गरेका थिए । त्यसैगरी बोर्नमाउथका लागि एक गोल एलेक्स स्कटले गरेका थिए ।

यो यस सिजनमा टोटनह्यामको १२औं जित हो । यो जितपछि २० खेलमा ३९ अंक भएको टोटनह्याम पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै बोर्नमाउथको भने १९ खेलमा २५ अंक रहेको छ र अंक तालिकामा १२औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै