• २०८१ बैशाख १५ शनिबार

वनभोजका लागि आएको बस दाङमा दुर्घटनाग्रस्त

kharibot

दाङ । दाङमा बर्दियाबाट वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना हुदा २५ जना घाइते भएका छन् ।

आइतबार आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा २५ जना घाइते भएको जसमा केहि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पताल र गम्भीर घाइतेलाई कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै