• २०८१ बैशाख १६ आइतबार

लुटन टाउनमाथि चेल्सी विजयी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लुटन टाउनलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले लुटन टाउनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले २ गोल गरेका थिए भने एक गोल नोनी माडूएकाले गरेका थिए ।

त्यस्तै लुटन टाउनले खेलको ८०औं मिनेट र ८७औँ मिनेटमा गोल गरेर खेलमा कमव्याकको प्रयास गरेपनि त्यो पर्याप्त भएन । लुटनका लागि रोस बार्कली र एलिजाह अडेबायोले एक एक गोल गरेका थिए ।

यो चेल्सीको यस सिजनमा आठौँ जित हो । यो जितपछि २० खेलमा २८ अंक रहेको चेल्सी लिगमा १०औं स्थानमा छ ।

त्यस्तै लुटन टाउनले भने यस सिजनमा १२औं हार बेहोरेको छ । यो हारपछि लुटनको १९ खेलमा १५ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै