• २०८१ बैशाख १६ आइतबार

बालकुमारी प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु

kharibot

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

मृतकको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । 

रोजगार अनुमति प्रणाली (ईपीएस)  परिक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका युवाहरुलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । स्थिति नियन्त्रणमा लिन चलाइएको गोली लागेका प्रदर्शनकारीलाई उपचारको लागि किष्ट अस्पताल पुर्याइएको थियो ।

यसअघि प्रदर्शनकारीले मन्त्री प्रकाश ज्वाला चढेको बा.२ झ ५८६१ नम्बरको गाडी जलाइदिएका थिए । आगलागीबाट मन्त्री ज्वाला चढ्ने गाडी ध्वस्त भएको छ । प्रहरीले आगजनीमा संलग्न ५ जनालाई पक्राउ जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै