• २०८३ कार्तिक २५ बुधबार

दक्षिण अफ्रिकाविरुद्ध भारतको औसत शुरुवात, पहिलो दिन ८ विकेट गुमायो

दक्षिण अफ्रिकाविरुद्ध भारतको औसत शुरुवात, पहिलो दिन ८ विकेट गुमायो

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजमा खराब शुरुवात गरेको छ । टेस्ट सिरिजको पहिलो टेस्टको पहिलो दिन भारतले ८ विकेट गुमाएर २०८ रन बनाएको छ ।

भारतले ५९ ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाउदा खेल बर्षाले रोकिएपछि पहिलो दिनको खेल सकिएको थियो ।

भारतका लागि केएल राहुलले ७० रन बनाएर खेलिरहेका छन् । राहुल बाहेक विराट कोहलीले ३८ रन बनाएका थिए भने श्रेयस अय्यरले ३१, श्रदुल ठाकुरले २४, यशस्वी जैसवालले १७ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले ५, शुभमन गिलले २, आर आश्विनले ८ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले ५ विकेट लिएका थिए भने नान्द्रे बर्गरले २ तथा मार्को जानसेनले एक विकेट लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै