• २०८१ बैशाख १५ शनिबार

विचाराधीन मुद्दामा ‘मिडिया ट्रायल’ घातक- अध्यक्ष कुँवर

kharibot

काठमाडौं । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विचाराधीन मुद्दामा हुने ‘मिडिया ट्रायल’ घातक हुने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

विषेश अदालत काठमाडौंको पत्रकार सम्मेलनमा, उनले विभिन्न मुद्दाका सम्बन्धमा हुने ‘मिडिया ट्रायल’ले समस्या पर्ने बताउँदै फैसला आइसकेपछि आउने समाचार र मुद्दा विचाराधीन अवस्थामै आउने समाचारले पार्ने प्रभावका बारेमा सचेत रहन पत्रकारहरुलाई आग्रह गरे ।

समाचारमा ठुलो भ्रष्टाचार भएको भनेर समाचार आउने तर मिसिलमा त्यस्तो कुनै प्रमाण नहुने भएकाले कतिपय मुद्दामा बाहिर अपेक्षा गरिएजस्तो फैसला नआउने गरेको उनको तर्क छ ।  उनले आफ्नो कार्यकालमा न्याय सम्पादनमा कसैको दबाब र प्रभावले काम नगर्ने प्रष्ट पारेका छन् । 

जानाजान अनियमित, ढिलासुस्ती, दबाब र प्रभावमा काम नगर्ने बताएका उनले अदालतले प्रमाणको आधारमा नै फैसला गर्ने भएकाले जनतामा गलत म्यासेज नजाओस् भन्नेमा सचेत रहन पत्रकारलाई आग्रह गरे । 

यसैबीच विशेष अदालतले यो आर्थिक वर्षको ५ महिनामा १२३ मुद्दा फछर्यौट गरेको छ ।  विषेश अदालतका रजिष्टार धनबहादुर कार्कीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १ सय २३ मुद्दा फछर्यौट भएको र ४३४ मुद्दा मध्ये अब ३११ मुद्दा फछर्यौट हुन बाँकी रहेको बताए । 

बाँकी मध्य दुई वर्ष नागेका मुद्दा ७२ वटा छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै