• २०८१ बैशाख १८ मंगलबार

मेसी र रोनाल्डो आमने सामने हुदै

kharibot

काठमाडौं । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पुन: एकपटक आमनेसामने हुने भएका छन् ।

मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले २०२४ को सुरुमा परी-सिजन टूर अन्तर्गत साउदी अरबको भ्रमण गर्ने जानकारी दिदिएको हो ।

इन्टर मियामीले साउदीमा रियाद सिजन कपमा सहभागिता जनाउदै अल हिलाल र अल नासरसँग खेल्ने तालिका सार्बजनिक गरेको छ । जसमा मियामीले जनवरी २९ मा अल हिलालसँग र अल नासरसँग फेब्रुअरी १ मा प्रतिस्पर्धा गर्ने छ ।

मेसी र रोनाल्डो पछिल्लो पटक गत बर्षको जनवरी १९ मा रियादमा आमने सामने भएका थिए । त्यति बेला मेसी पिएसजीबाट र रोनाल्डो अल स्टार एघारबाट खेलेका थिए । पिएसजीले ५-४ गोलले जितेको सो खेलमा रोनाल्डोले २ र मेसीले एक गोल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै