• २०८१ बैशाख १५ शनिबार

खेलाडीलाई पहेलो कार्ड दिएको रिसमा क्लबका अध्यक्षले रेफ्रीलाई कुटेपछि...

kharibot

काठमाडौँ । टर्किस सुपर फुटबल लिगको एक क्लबका मालिकले आफ्ना खेलाडीलाई पहेलो कार्ड देखाएको भन्दै रेफ्रीलाई मुक्का हानेका छन् । 

टर्कीको राजधानी अंकाराको एरिमान स्टेडियममा सोमबार भएको टर्किस सुपर फुटबल लिगमा काकुर रिज्स्पोर र अंकारागुकुबीचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४औं मिनेटमा अंकिरागुकुले गोल गर्दै अग्रता लिएको थियो । खेलको दोस्रो हाफमा रेफ्री हलिल उमुट मेलरले अंकारागुकुका खेलाडीलाई दुई पहेँलो कार्ड देखाए ।

त्यसपछि अंकारागुकुका खेलाडीले मैदान छाड्नुपरेको थियो । तर, खेलको ९५औं मिनेटमा रिजस्पोरका खेलाडी पनि रातो कार्ड पाएपछि मैदान छोडेका थिए । खेलको ९७औं मिनेटमा रिजस्पोरले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

अंकिरागुकुका अध्यक्ष फारुक आफ्नो टोलीका एक खेलाडीलाई दुई पहेँलो कार्ड दिएकोमा रेफ्री हलिल उमुत मेलरसँग रिसाए र खेलपछि उनले मेलरलाई मुक्का हाने । रेफ्रीलाई मुक्का हानेपछि आक्रोशित फ्यानले अन्किरागुकुका अध्यक्षमाथि पनि आक्रमण गरेका थिए । रेफ्री हलिल उमुत मेलर भूइमा खसेपछि पनि फारुक र उनीसँगै आएकाहरूले उनलाई लात हान्न जारी राखेका थिए ।

सो घटनापछि रेफ्री हलिल उमट मेलरलाई अस्पताल लगिएको थियो । मेलरलाई देब्रे आँखाको मुनि मात्र चोट लागेको बताइएको छ ।

३७ वर्षीय मेलोर टर्कीका शीर्ष रेफ्रीहरूमध्ये एक हुन् र फिफाका लागि अन्तर्राष्ट्रिय खेलहरूमा अफिसियट हुन् । उनी युइएफएको रेफ्रीहरूको एलिट सूचीमा पनि परेका छन् ।

टर्कीका राष्ट्रपतिसहित फुटबल प्रशासनसँग सम्बन्धित व्यक्तिहरूले घटनाको निन्दा गरेका छन् । टर्कीका राष्ट्रपतिले घटनाको निन्दा गर्दै खेलकुदमा यस्ता घटना हुन नहुने बताए । त्यस्तै आन्तरिक मामिला मन्त्रीले क्लब मालिकलाई पक्राउ गर्न आदेश दिएका थिए । टर्कीको फुटबल रेफ्री र अब्जर्भेसन एसोसिएसनले सबै रेफ्रीहरूलाई मैदानमा नजान आग्रह गरेको छ ।

यसैबीच, टर्की फुटबलका अध्यक्ष मेहमेत ब्युकीले एक पत्रकार सम्मेलनमा सबै लिग खेलहरू स्थगित गरिएको बताए । उनले फुटबल खेल युद्ध नभएको बताए ।  टर्कीको सबैभन्दा ठूलो फुटबल क्लब गालाटासारेले रेफ्रीसँगको घटनापछि आपतकालीन बैठक बोलाएको छ।

काकुर रिज्स्पोर रेफ्री हलिल उमट मेलरको समर्थनमा बाहिर आएका छन् । क्लबले अंकिरागुकु खेलको क्रममा भएको घटनाको निन्दा गरेको छ । अंकारागुकुले खेलपछि एक विज्ञप्ति जारी गर्दै आफ्नो अध्यक्षको गल्तीको लागि माफी मागेको र यस घटनाबाट हामी दुखी भएको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै