• २०८१ बैशाख १६ आइतबार

भारतद्वारा मार्चसम्म प्याज निर्यातमा प्रतिबन्ध

kharibot

काठमाडौँ । भारत सरकारले ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशकले सूचना जारी गर्दै यो निर्णयको जानकारी दिईएको हो । प्याज निकासीमा लगाइएको प्रतिबन्ध डिसेम्बर ८ गतेदेखि लागू भएको छ ।

प्याजको आन्तरिक उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्न भारतले यस्तो निर्णय गरेको बताइएको छ । 

सूचनामा ढुवानी बिल बनाइएको, ढुवानीका लागि जहाजहरू भारतीय बन्दरगाहहरूमा आइपुगेको र सूचना जारी हुनुअघि नै जहाजमा प्याज लोड गर्न थालिएको अवस्थामा भने यो नियम लागु नहुने बताइएको छ ।

भारतले प्याजको निर्यातलाई हतोत्साही गर्न, आन्तरिक मौज्दात कायम राख्न र मूल्य बढ्न नदिन  गत अगस्टमा ४० प्रतिशत निर्यात शुल्क लगाएको थियो । अक्टोबरको अन्त्यमा, प्याज निर्यातको लागि न्यूनतम निर्यात मूल्य प्रति टन ८०० डलर तोकिएको थियो । यी दुवै निर्णय ३१ डिसेम्बर २०२३ सम्म लागू हुनेछन् ।

दशैँको आसपासमा भारतमा प्याजको मूल्य ह्वात्तै बढ्न थालेपछि उपभोक्ताको बोझ घटाउन सरकारले राष्ट्रिय सहकारी उपभोक्ता महासंघ र नाफेड जस्ता सरकारी बिक्री केन्द्रमार्फत प्याज प्रतिकिलो २५ रुपैयाँ भारुमा बिक्री गर्न थालेको थियो ।

भारत सरकारले चालु आर्थिक वर्ष २०२३-२४ का लागि ५ लाख टन प्याजको भण्डारण बफरमा राखेको बताएको छ । यसबाहेक थप २ लाख टन मौज्दात बढाएर ७ लाख टन पुर्याउने योजनामा ​​काम गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै