काठमाडौँ । फ़्रेंच लिग वान अन्तर्गत पीएसजीले ले हाभ्रेलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा पीएसजीले ले हार्भेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा किलीयन एमबाप्पे र भीटोर फेरेइराले एक एक गोल गरेका थिए ।
यस खेलमा पीएसजीका गोलकिपर गीगी डोनारुम्माले खेलको १०औ मिनेटमा रातोकार्ड पाएपछि पीएसजी १० खेलाड़ीमा सीमित भएको थियो ।
यो जितपछि पीएसजीको १४ खेलमा ३३ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी ले हार्भेको भने १४ खेलमा १६ अंक रहेको छ र लिगमा नवौ स्थानमा छ ।









