• २०८१ श्रावण १२ शनिबार

उडिरहेको विमानमा श्रीमान श्रीमतीबीच झगडापछि आपतकालीन अवतरण !

kharibot

काठमाडौँ । थाइल्याण्डको जर्मनीको म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान एलएच ७७२ को दिल्लीमा आपतकालीन अवतरण गरिएको थियो ।

विमानमा यात्रा गरिरहेका श्रीमान श्रीमतीबीच झगडा भएपछि विमानलाई दिल्लीमा आपतकालीन अवतरण गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली एयरपोर्टका सुरक्षा अधिकारीहरूले श्रीमान्-श्रीमतीबीच झगडाका कारण विमानको आपतकालीन अवतरण गराइएको पुष्टि गरेका छन् ।

विमानले यसअघि पाकिस्तानमा अवतरण गर्न अनुमति मागेको थियो तर पाकिस्तानले अस्वीकार गरेको थियो । त्यसपछि विमान दिल्ली एयरपोर्टमा अवतरण गरिन् । सुरुमा श्रीमान्–श्रीमतीबीच झगडा भएको थियो, जुन विस्तारै झगडामा परिणत भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । यसपछि विमानका चालक दलका सदस्यहरूले यसलाई डाइभर्ट गर्ने निर्णय गरेका थिए ।

विमान स्थानीय समय अनुसार बिहान १०: २६ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । पीटीआई रिपोर्टका अनुसार एक जर्मन पुरुषको आफ्नी श्रीमतीसँग झगडा भएको थियो । श्रीमती थाइल्याण्डकी हुन् । ती महिलाले विमानका पाइलटसँग श्रीमानको खराब व्यवहारको गुनासो समेत गरेकी थिइन् र हस्तक्षेप गर्न आग्रह गरेकी थिइन् ।

दिल्ली एयरपोर्टमा फ्लाइटमा झगडा गर्ने व्यक्तिलाई डिबोर्डमा एयरपोर्ट सेक्युरिटीलाई सुम्पिएको थियो। यद्यपि यस विषयमा लुफ्थान्सा एयरलाइन्सबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । विमानमा रहेका अन्य सबै यात्रु सकुशल छन् । केही मिडिया रिपोर्टका अनुसार फ्लाइटमा झगडा गरिरहेका श्रीमान् रक्सीको लतमा थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै