• २०८१ बैशाख १६ आइतबार

पूर्वराजा ज्ञानेन्द्रले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

kharibot

विर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकोम कलेज परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । 

शुक्रबार नै विर्तामोड पुगेका पुर्व राजा ज्ञानेन्द्रले शनिबार कलेज परिसरमा निर्माण गरिएको  पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् ।

उनको स्वागतमा धुलाबारीस्थित निम्जा खोलाबाट राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । सो कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित रहेका थिए । लिङदेन कार्यक्रमको तयारीका लागि पछिल्ला दिनमा विर्तामोडमै थिए । कार्यक्रममा हजारौं नागरिकको उपस्थिति थियो । कार्यक्रममा पूर्व राजाले कुनै सम्बोधन भने गरेनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै