• २०८१ बैशाख १६ आइतबार

काठमाडौँ महानगरकी उपप्रमुख डंगोल अष्ट्रेलिया प्रस्थान

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज अष्ट्रेलिया प्रस्थान गरेकी छन् ।

अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा डंगोल आज त्यसतर्फ प्रस्थान गरेको महानगरले जनाएको छ । 

भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणका बारेमा जानकारी दिँदै उपप्रमुख डंगोलले भनिन्, ‘सिडनी, क्यानवेरा होर्बट र मेलवर्नलगायत सहरका सहरी तथा शासन व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीहरुसँग भेटघाटका कार्यक्रम पनि छन् । यस अवसरमा अष्ट्रेलियामा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्ने, संसद भवनको अवलोकन गर्ने कार्यक्रम पनि छ ।’ 

भ्रमण सकेर उपप्रमुख डंगोल मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । भ्रमण अवधिको खर्च अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले व्यहोर्ने महानगरले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै