• २०८३ असोज १ बिहीबार

के राप्रपाले दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गरेको हो ?

के राप्रपाले दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गरेको हो ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको बल्खुकेमा आयोजना गरेको आन्दोलन स्थलमा राप्रपाका सांसद् तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रम स्थल पुगेर समर्थन जनाएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्थासहितको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने उनले बताएका थिए । तर उनी राप्रपाको आधिकारिक निर्णय बिना नै प्रसाईको प्रदर्शनमा गएको बुझिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सार्बजनिक रुपमा नै दुर्गा प्रसाईको आलोचना गरिरहेका बेला शाहीले प्रसाईको प्रदर्शनमा सहभागिता जनाएपछि राप्रपा भित्र दुई धार देखिएको हो ।

राप्रपा भित्र दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गर्ने र नगर्ने दुई धार देखिएको एक नेताले खरीबोटलाई बताए । अध्यक्षसहितका नेताहरु प्रसाई विवादस्पद व्यक्ति भएकाले समर्थन गर्न नसकिने बताउदै आएका छन् भने रविन्द्र मिश्र, ज्ञानेन्द्र शाही लगायतका नेताहरु भने पार्टीको एजेन्डालाई उठाउने सबैलाई समर्थन गर्नुपर्ने पक्षमा देखिएका छन् । त्यस्तै डा. प्रकाश चन्द्र लोहनीले सामाजिक सञ्जालमै लेखेर प्रसाईको आन्दोलनलाई समर्थन गर्नुपर्ने बताएका थिए ।   

राजतन्त्रको एजेन्डालाई राप्रपाले भन्दा दुर्गा प्रसाईले अगाडी बढाएको देखिएपछि आउदा दिनमा राप्रपा नेतृत्वलाई प्रसाईको आन्दोलनलाई औपचारिक रुपमा नै समर्थन गर्ने दबाब बढ्ने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै