• २०८१ बैशाख १६ आइतबार

करण जोहर र कार्तिक आर्यनको विवाद अन्त्य

kharibot

काठमाडौँ । बलिवुडका निर्माता-निर्देशक करण जोहर र अभिनेता कार्तिक आर्यनबीचको विवाद समाप्त भएको छ ।

करण जोहरले कार्तिकको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गर्दै दुवैबीचको असमझदारी अन्त्य भएको स्पष्ट गरेका छन् ।

यसअघि करणले दोस्ताना- २ बाट कार्तिकलाई हटाएका थिए । त्यसपछि कार्तिक करण जोहरका फिल्ममा देखिएका थिएनन् । कार्तिकलाई हटाएपछि दोस्ताना- २ को निर्माणसमेत अहिलेसम्म हुन सकेको छैन ।

करणसँगको विवादपछि कार्तिकको बलिवुड यात्रा संकटमा पर्न सक्ने समेत विश्लेषण भएको बेला उनले लगातार सुपरहिट फिल्म दिएपछि करण फेरी कार्तिकप्रति सकारात्मक हुदै सहकार्यको घोषणा गरेका छन् । करणले कार्तिकलाई जन्मदिनको उपहार दिदै धर्मा प्रोडक्सन र बालाजी फिल्म्सको संयुक्त लगानीमा कार्तिक आर्यनलाई लिएर नयाँ फिल्मको घोषणा गरेको छन् ।

करण जोहरले इन्स्टाग्राममा एक पोस्ट साझा गर्दै धर्मा प्रोडक्सन र बालाजी टेलिफिल्म्स लिमिटेडले कार्तिक आर्यन अभिनीत र सन्दीप मोदीद्वारा निर्देशित फिल्मको घोषणा गरेको हुन् ।फिल्मको रिलिज २०२५ को अगस्त १५ मा रिलिज हुने उल्लेख गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै