• २०८१ बैशाख ३१ सोमबार

मेसीले विश्वकपमा लगाएका जर्सी कीर्तिमानी रकममा लिलामी हुदै

kharibot

काठमाडौँ । फिफा विश्वकप २०२२ को विजेता टोलीका कप्तान लियोनल मेसीले प्रतियोगितामा लगाएका ६ जर्सी लिलामी गरिने भएको छ । फाइनलमा मेसीले लगाएको जर्सीको मूल्य करिब एक अर्ब ३३ करोड हुने अनुमान गरिएको छ ।

यसअघि सन् २०२२ मा भएको लिलामीमा म्याराडोनाको जर्सी एक अर्ब १९ करोडमा बिक्री भएको थियो । यो कुनै पनि फुटबल खेलाडीको सबैभन्दा महँगोमा बिक्री भएको जर्सी थियो । मेसीको जर्सी न्युयोर्कको सोथबीजले लिलामी गर्ने भएको छ । ‘ह्याण्ड अफ गड’ गोल गर्दा डिएगो म्याराडोनाले लगाएको जर्सी र फुटबल पनि सोथेबीले लिलामी गरेको थियो ।

कतारमा सन् २०२२ मा भएको फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । अतिरिक्त समयमा पनि गोल ३–३ को बराबरीमा थियो । त्यसपछि पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लागेको थियो ।

सोथेबीले मेसीको जर्सीको लिलामी बारे जानकारी दिदै मेसीले कतारमा लगाएका सात जर्सीमध्ये छ वटा न्यूयोर्कमा बिक्रीको लागि राख्ने बताएको छ । जसमा उनले फ्रान्सविरुद्धको फाइनलमा ऐतिहासिक जितका बेला लगाएको जर्सी पनि समावेश छ । मेसीले प्रतियोगितामा सबै ७ खेल खेलेका थिए । उनले अष्ट्रेलियाका क्यामरन डेभलिनसँग जर्सी साटासाट गरेकाले उनको ३ लिग खेलमा लगाएको जर्सी लिलामीमा समावेश गरिएको छैन ।

सोथेबीका अनुसार लिलामी अघि सोथेबीको मुख्यालय न्यूयोर्कमा नोभेम्बर ३० र डिसेम्बर १४ बीचमा जर्सीको प्रदर्शनी गरिने भएको छ । प्रदर्शनीको लागि कुनै शुल्क भने राखिएको छैन ।

लिलामीबाट प्राप्त भएको केहि रकम बार्सिलोनास्थित बालबालिका अस्पताललाई मेसी फाउन्डेसनमार्फत सहयोग गरिने भएको छ । यस अस्पतालमा मेसी फाउन्डेसनको सहयोगमा हरेक बर्ष क्यान्सर लागेका ४०० बालबालिकाको उपचार गरिदै  आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै