काठमाडौँ । लिभरपुलबाट खेल्ने कोलम्बियाका फुटबलर लुइस डियाजका अपहरण गरिएका पितालाई अन्तत: रिहा गरिएको छ ।
डियाजका पिता लुइस मान्युएल डियाजलाई अपहरण गरेको १२ दिनपछि संयुक्त राष्ट्रसंघको कमिटीको रोहभरमा रिहा गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
५८ बर्षिय डियाजलाई कोलम्बियाको ईएलएन गुरिल्ला समुहले अपहरण गरेको थियो । यो गुरिल्ला समुहले डियाजका आमा बाबु दुवैलाई अपहरण गरेपनि आमालाई तुरुन्तै छोडेको थियो । कोलम्बियाको विद्रोही समुहले यसअघि नै डियाजको अपहरण एक गल्ति भएको बताएको थियो ।
यसअघि कोलम्बियन सरकारले डियाजको रिहाइका लागि करिब ६५ लाख रकम दिने समेत घोषणा गरेको थियो ।
डियाजलाई अक्टोबर २८ मा कोलम्बियाको बर्रानकास क्षेत्रबाट अपहरण गरिएको थियो ।