• २०८१ बैशाख १५ शनिबार

अमेरिका भ्रमणमा जादै चिनियाँ राष्ट्रपति सी, सान फ्रान्सिस्कोमा बाइडेनसँग भेटवार्ता हुने

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने भएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले राष्ट्रपति बाइडेन र सीबीच नोभेम्बरमा सान फ्रान्सिस्कोमा भेटवार्ता हुने जानकारी दिएकी हुन्  ।

चिनियाँ राष्ट्रपति सी नोभेम्बरमा अमेरिका भ्रमणमा आउने भएपनि कार्यक्रम भने सार्वजनिक भएको छैन । पछिल्लो पटक गत वर्ष इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनमा बाइडेन र सीबीच पछिल्लो पटक भेट भएको थियो ।

नोभेम्बरमा सान फ्रान्सिस्कोमा नेताहरू बीच रचनात्मक संवादको लक्ष्य राखेको पियरेले बताएकी छन् । उनले चीनसँगको सम्बन्धमा अमेरिकी सरकारको नीति स्पष्ट रहेको बताउदै सीसँग राष्ट्रपति बाइडेनको गाह्रो तर महत्त्वपूर्ण वार्ता हुने बताइन् ।

गत हप्ता मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति बाइडेनसँग वासिङ्टनमा भेट गरेका थिए। यसपछि यो घटना बाहिर आएको हो । ह्वाइट हाउसले बाइडेनले अमेरिका र चीन दुबैले सम्बन्धमा जिम्मेवारीपूर्वक प्रतिस्पर्धा कायम राख्नु पर्ने आवश्यकतामा जोड दिएको बताउदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै