• २०८१ बैशाख १५ शनिबार

ब्राजिलको अमेजन वन क्षेत्रमा विमान दुर्घटना, १२ जनाको मृत्यु

kharibot

साओ पाउलो । ब्राजिलको अमेजन वन क्षेत्रमा आइतबार भएको विमान दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार दुर्घटना यहाँको मुख्य एयरपोर्ट, रियो ब्रान्को नजिक भएको हो । 

घटनाका केही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तिनीहरूबाट आगो निस्किरहेको देखिन्छ । विमानमा केही पर्यटक र प्रशासनका अन्य व्यक्ति सवार रहेको बताइएको छ ।

यो दुर्घटना अमेजनसको राजधानी मानौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सिलोस प्रान्तमा भएको हो । ब्राजिलका मिडियाका अनुसार खराब मौसमका कारण पाइलटले विमान अवतरण गर्न ल्यान्डिङ स्ट्रिपको अनुमान लगाउन नसकेपछि दुर्घटना भएको हो ।

यसअघि सेप्टेम्बर १७ मा विमान दुर्घटनामा पाइलट र को-पाइलट सहित १४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ब्राजिल र अमेरिकाका यात्रु रहेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै