गाजा सिटी । गाजा सिटीमा रहेको संयुक्त राष्ट्रसंघको गोदाम लुटिएको छ । स्थानीयको भीड बलपूर्वक गोदाममा पसेर लुटपाट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
दक्षिणी गाजा पट्टीको राफाहमा रहेको संयुक्त राष्ट्र गोदाममा हजारौं मानिस प्रवेश गरेर लुटपाट गरेका छन् ।
राष्ट्रसंघको राशन र अन्य अत्यावश्यक वस्तुहरू वितरण केन्द्रहरूमा मानिसहरू प्रवेश गरेको र त्यहाँ भागदौड र अराजकताको वातावरण सिर्जना भएको बताइएको छ । दक्षिणी गाजा पट्टीको देइर एल-बालाहमा वितरण केन्द्रमा भीडले आक्रमण गरेको र राशनका प्याकेटहरू लुटेर लागेका थिए ।
इजरायलको आक्रमण रहेको अवस्थामा राष्ट्रसंघसहितका अन्तराष्ट्रिय सहायता एजेन्सीहरुले गाजामा सयोग गर्ने प्रयास गरिरहेका छन् । पछिल्लो एक सातामा गाजामा सहायता सामग्रीसहितका ८० ट्रक गाजा पुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।