• २०८१ बैशाख १६ आइतबार

मस्कले गाजामा स्टारलिंकको इन्टरनेट उपलब्ध गराउने !

kharibot

काठमाडौँ । इजरायल र हमासबीच द्वन्द्व सुरु भएको तीन हप्ता बितिसकेको छ । २१ दिनमा दुवैतर्फ नौ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । 

यसैबीच, इजरायली वायुसेनाले गाजा पट्टीमा हमासविरुद्धको आक्रमणलाई तिब्र पार्ने क्रममा सञ्चार बिच्छेद गरेपछि नयाँ समस्या उत्पन्न भएको छ । इजरायलको यो कदमले सहायता पुर्याउने एजेन्सी, पत्रकार र स्वास्थ्य क्षेत्रमा प्रभाव परेको छ ।  

यसैबीच एलन मस्कले गाजामा स्टार लिंकको इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका छन् । मस्कले गाजामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाहरुलाई स्टार लिंकको इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका हुन् । मस्कले अमेरिकी नेता अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले एक्समा लेखेको स्ट्याटसको जावफ दिदै यस्तो घोषणा गरेका हुन् ।

अमेरिकी नेता अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले इजरायलको इन्टरनेट बन्द गर्ने कदमको आलोचना गर्दै पोस्ट गरेका थिए । त्यसमा उनले २२ करोड जनसंख्याको लागि सबै सञ्चार बन्द गर्नु अस्वीकार्य भएको लेखेका थिए । उनले पत्रकार, चिकित्सा पेशेवर, मानवीय प्रयास र निर्दोष सबै खतरामा परेको लेखेका थिए । 

यसपछि मस्कले स्टारलिङ्कले गाजामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सहायता संस्थाहरूलाई कनेक्टिभिटी प्रदान गर्ने घोषणा गरेका थिए ।

इजरायलले अहिले जमिनबाट समेत गाजामा आक्रमण गरिरहेकाले इन्टरनेट बन्द गरेको छ ।  मस्कले यसअघि रुसले युक्रेनमा आक्रमण गरेर इन्टरनेट सेवा बन्द हुदापनि स्टारलिंकको इन्टरनेट उपलब्ध गराएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै