• २०८१ बैशाख २९ शनिबार

युएईलाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि 

kharibot

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधि युएईले जितेको छ । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा युएईले नेपाललाई ४ विकेले हराउँदै टी–२० सिरिज जितेको हो ।

नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले १९.५ बलमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।

युएईका लागि महोम्मद वाशिमले ४५ रन बनाए । यस्तै वृत्य अरविन्द २६, आरनेश शर्मा २५ र वशिल हमदले नटआउट २२ रन बनाए ।

नेपालका लागि गुलशन झा र अविनाश बोहोराले २ २ विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ८ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामिले १३, सन्दीप जोरालेले १० रन बनाएका थिए ।

त्यसैगरी आसिफ सेखले ७, कुशल मल्लले १, गुलशन झाले ५, करण केसीले अविजित २३ रन बनाएका थिए ।

त्यसैगरी युएईका बलरआयान अफजल खानले ३ विकेट लिए भने अलि नासीर र जाहूर खानले २–२ विकेट लिए । त्यसैगरी जुनैद सिद्धिकीले एक विकेट लिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै