काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले युक्रेनी क्लब शख्तर डोनेटस्कलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले शख्तरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा फेरान टोरेज र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए । त्यसैगरी शख्तर डोनेटस्कका लागि हेओर्ही सुडाकोभले एक गोल फर्काएका थिए ।
यो जितपछि बार्सिलोनाको समुह एचमा ३ खेलमा ९ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी शख्तरको भने ३ खेलमा ३ अंक रहेको छ ।









