• २०८१ बैशाख २१ शुक्रबार

अस्ट्रिया युरोकपमा छनौट

kharibot

काठमाडौँ । अस्ट्रिया २०२४ को युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा अजरबैजानमाथि १-० को जित हासिल गरेसँगै अस्ट्रियाले समुह एफबाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस समुहबाट बेल्जियम यसअघि नै युरोकपमा छनौट भइसकेको छ ।

यो सहित युरोकपमा अहिलेसम्म आयोजक जर्मनीसहित अहिलेसम्म ८ देश छनौट भएका छन् । जसमा अस्ट्रियासहित बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड र टर्की रहेका छन् ।

२४ देशले भाग लिने युरोकपमा २३ देश छनौट खेलबाट छानिने छन् भने आयोजक देश सिधै छानिने छ । २३ देश मध्ये २० देश १० समुहका विजेता र उपविजेता सिधै छानिने छन् भने ३ देश सविया समुहका तेस्रो हुने देशबाट प्लेअफ खेलेर छानिने युइएफएले जनाएको छ ।

मिनी विश्वकप भनिने युरोकप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै