• २०८१ बैशाख १६ आइतबार

टाइगर-३ को ट्रेलर सार्बजनिक, एक्सन अवतारमा सलमान र कट्रिना

kharibot

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानको प्रतिक्षित फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा सलमानलाई देश र परिवारका लागि लड्ने मात्रको रुपमा देखाइएको छ ।

एक्सनप्रधान ट्रेलरमा सलमानसँगै कट्रिना कैफलाई पनि शानदार रुपमा देखाइएको छ ।

यस फिल्ममा इमरान हाशमी नकारात्मक भूमिकामा रहेका छन् । फिल्ममा यस अघि अभिनेताद्वय शाहरुख खान र ऋतिक रोशनको केमियो भूमिका रहेको बताइएपनि ट्रेलरमा दुवैलाई देखाइएको छैन ।

‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ को सफलतापछि टाइगर - ३ ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्ने अनुमान गरिएको छ । कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय