• २०८१ बैशाख २८ शुक्रबार

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

kharibot

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी शर्माको इजलासले राहुललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अर्का आरोपी लोकेन्द्र पौडेललाई भने ५ लाख रुपैयाँ धरौटीमा छाड्न इजलासले आदेश दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको मुद्दा दायर गरेको थियो । यस्तै सोही मुद्दाका अर्का प्रतिवादी बेल्जियन नागरिक दावा छिरिङ ६० किलो सुन काण्डमा थुनामा छन् भने निमा छिरिङ फरार छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै