• २०८३ कार्तिक २६ बिहीबार

'चाचा क्रिकेट' ले पाएनन् भारत आउने भिसा !

'चाचा क्रिकेट' ले पाएनन् भारत आउने भिसा !

काठमाडौँ । भारतमा एकदिवसीय विश्वकप शुरु हुदा क्रिकेटको चर्चा त भइनैरहेको छ । तर यसै प्रसंगमा एक क्रिकेट फ्यानको पनि उत्तिकै चर्चा रहेको छ । ‘चाचा क्रिकेट’ उपनामले चर्चित ७० बर्षिय पाकिस्तानी क्रिकेट फ्यान चौधरी अब्दुल जलीललाई भने यस पटक अहिलेसम्म भारतमा देखिएको छैन ।

उनी पाकिस्तान क्रिकेट टोलीलाई सपोर्ट गर्न विश्वका कुना कुना पुग्छन् । उनले विभिन्न देशका तीन पुस्तालाई खेलेको देखेका छन् । 'चाचा क्रिकेट' ले अहिलेसम्म स्टेडियममा पुगेर ५०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल हेरिसकेका छन् ।

तर,  भारतमा जारी विश्वकपमा भने उनी अहिलेसम्म आउन पाएका छैनन् । उनले अहिलेसम्म भारत आउने भिसा नपाएका कारण उनी आउन नपाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । भारतीय मिडिया आउटलेट भास्करका अनुसार अहिलेसम्म भिसा प्राप्त नभएका कारण उनी भारत आउन नपाएका हुन् ।

‘चाचा क्रिकेट’ उपनामले चिनिने चौधरी अब्दुल जलीलको जन्म ८ अक्टोबर १९४९ मा सियालकोटमा भएको थियो । म्याट्रिकसम्म पढेका उनका श्रीमती र तीन छोराछोरी छन् ।

भास्करसँग 'चाचा क्रिकेट' ले भएंका छन्-  '१० दिनअघि म अमेरिकामा थिएँ । अर्को वर्ष हुने टी–२० विश्वकपको कार्यक्रम थियो । मलाई पनि बोलाइएको थियो । यो कार्यक्रमपछि मलाई आशा थियो कि यसपटक पनि भारतमा हुने विश्वकपमा जाने मौका पाउँछु । पाकिस्तान क्रिकेट बोर्ड र बीसीसीआईलाई अनुरोध गरेको छ। तर, भारतीय भिसा भने अहिलेसम्म प्राप्त भएको छैन । सायद एक-दुई दिनमा हामीले राम्रो समाचार पाउनेछौं ।'

चौधरी यसअघि २००५ मा पहिलो पटक खेल हेर्न भारत आएका थिए । उनले अब भिसा पाएमा अहमदाबादमा हुने भारत-पाकिस्तानबीचको खेल आउने तयारीमा रहेको बताएका छन् । उनले भिसा नपाए घरमै टिभीमा खेल हेर्ने बताएका छन् ।

'चाचा क्रिकेट' को पहिलो पटक चर्चा भने १९८६ मा भएको थियो । सन् १९८६ मा शारजाह स्टेडियममा भारत र पाकिस्तानबीच खेल भएको थियो । यस खेलमा चेतन शर्माको बलमा जावेद मियाँदादले छक्का प्रहार गरे र पाकिस्तानलाई ऐतिहासिक जित दिलाएका थिए । मियाँदादले हानेको छक्का चौधरी बसेको ठाउमा खस्यो । सो समयको चौधरीको खुशियाली र ठट्टा गरेको सिन टिभीमा प्रशारण भयो र अहिलेको भाषामा भन्दा त्यो भाइरल भएको थियो । त्यसपछि क्रिकेट फ्यानको रुपमा उनको चर्चा विश्वभर हुन थाल्यो ।

१९९८ मा आबुधाबीमा काम गरिरहेका चौधरीलाई तत्कालीन पीसीबी प्रमुख जुल्फिकार बुखारीले पाकिस्तान बोलाए र पाकिस्तानी टोलीको आधिकारिक चियरलीडर बन्न आग्रह गरे । साथै वसीम अकरम र मोइन खानले उनलाई टिमसँग साथ लैजान तयार भएका थिए ।

त्यसपछिको घटना सम्झिदै उनले भनेका छन्- 'मलाई संसारले 'चाचा क्रिकेट' भनेर चिन्थ्यो तर म पाकिस्तानको राजनीतिको शिकार भएँ । जब वकार अहमद १९९८ मा पाकिस्तान क्रिकेट टीमसँग स्वदेश फर्के, उनी नयाँ पीसीबी प्रमुख बने । उनीहरूले मलाई सन् १९९९ मा इङ्ल्यान्डमा भएको विश्वकपमा टोलीसँग जान दिएनन् । मैले संसारभरका स्टेडियमहरूमा खिचिएका मेरा फोटोहरू इङ्गल्याण्डको दूतावासमा लिएर गएँ । त्यहाँका एक अधिकारीले भिसा स्वीकृत गरे ।

भिसा त मिल्यो तर इङ्गल्याण्ड जान पैसा थिएन । मैले सियालकोटको मेरो घर १५ लाख पाकिस्तानी रुपैयाँमा बेचे । आज यसको मूल्य ७ करोड रुपैयाँ छ । सन् १९९७ मा हाम्रो देशले स्वतन्त्रताको ५० वर्ष पूरा गर्यो । त्यसबेलादेखि मैले पाकिस्तानी झण्डाको रंगको लुगा लगाएको छु ।'

उनले धेरैजसो खेलहरु आफ्नै खर्चमा र चर्चित भएपछि क्रिकेट बोर्ड, साथीभाइ र अन्यको खर्चमा खेल हेर्न विभिन्न देश जाने गरेको बताउछन् । अहिले केही कम्पनीबाट उनलाई प्रायोजन उपलब्ध छ । यसबाट आम्दानी पनि जारी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै