• २०८१ बैशाख १५ शनिबार

‘ऐँठन’ उपन्यासलाई मदन पुरस्कार

kharibot

काठमाडौं । ‘ऐँठन’ उपन्यासलाई २०७९ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ । 

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठन उपन्यासका लेखक विवेक ओझालाई दिने निर्णय गरेको हो । 

२०७९ सालको मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा ‘ऐँठन’सँगै ‘इजोरिया’, ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाको घर’ मनोनयनमा परेका थिए ।

मदन पुरस्कार नेपाली साहित्य क्षेत्रमा प्रतिष्ठित मानिन्छ । यो विस २०१२ मा स्थापित भएर २०१३ मा पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीलाई, सामाजिक शास्त्रमा चित्तरत्न नेपालीलाई र विज्ञान विधामा बलराम जोशीलाई दिइएको थियो । 

त्यसैगरी त्यस्तै, जगदम्बा–श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिने गुठीले जानकारी दिएको छ । दुवै पुरस्कारको राशी चार लाख रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै