• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय समिति बनाउने विषयमा छलफल भएको छ ।

आइतबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफलमा आजै आयोग बनाउने सहमति जुटेको बताइएको छ । 

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र प्रमुक सचेतक महेश बर्तौला पनि सहभागी छन् । त्यस्तै कांग्रेसका तर्फबाट उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते आयोग बनाउने सहमति भएपनि अहिलेसम्म सो आयोग बन्न सकेको छैन । सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान टुंग्याएपछि आयोगले असोज ५ गतेदेखि काम थाल्ने बताइएको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय