• २०८१ बैशाख १६ आइतबार

एशियन गेम्सको महिला भलिबलमा नेपाल भियतनामसँग पराजित

kharibot

काठमाडौं । १९औं एशियन गेम्सको आफ्नो डेब्यू खेलमा नेपाली राष्ट्रिय महिला भलिबल टिम भियतनामसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

चीनको हाङचोउस्थित डि क्यु स्पोर्टस जिम्न्यासियममा आज भएको खेलमा नेपालले पहिलो सेटमा फितलो प्रदर्शन गरेको थियो । भियतनाले १५ मिनेटमा नेपाललाई २५- ४ ले सहजै हरायो । बाँकी दुई सेटमा भने नेपालले केही सुधारिएको प्रदर्शन गर्‍यो ।

२१ मिनेट कोर्टमा बिताएको दोस्रो सेट नेपालले १६-२५ ले गुमाएको थियो । तेस्रो सेटमा भियतनामले नेपालमाथि २५-१३ को जित हात पार्‍यो । नेपालका लागि प्रतिभा मालीले सर्वाधिक ८ अंक जोडिन् । उषा भण्डारी र संगम महतोले चार–चार अंक बटुलेका थिए ।

एसियाली खेलकुदमा नेपाली महिला टिमले पहिलो पटक सहभागिता जनाएको हो । समूह सी मा रहेको नेपालले आफ्नो दोस्रो खेल सोमबार दक्षिण कोरियासँग खेल्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै