• २०८१ बैशाख १६ आइतबार

जवान बन्यो बलिवुडको 'अल टाइम' बढी कमाउने फिल्म

kharibot

काठमाडौँ । फिल्म जवान बलिवुडको अल टाइम सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । शाहरुख खानको यो फिल्म जवानले उनकै अर्को फिल्म पठानलाई पछि पार्दै बलिवुडमा अहिलेसम्मकै धेरै कमाई गर्ने फिल्म बनेको हो ।

फिल्म जवानले अहिलेसम्म घरेलु बक्सअसिफमा ५८४.३२ करोड भारु कमाई गरेको छ । 

जवानले भारतमा हिन्दी भाषामा ५२५.५० करोड भारु कमाई गरेको छ भने तामिल र तेलगु भाषामा ५८.८२ करोड भारु कमाई गरेको छ ।

यस अघि शाहरुखको पठानले कुल ५४३.०५ करोड भारु कमाई गरेको थियो । त्यस्तै हालै रिलिज भएको सनी देओलको फिल्म गदर-२ ले ५२४.७५ करोड भारु कमाई गर्दै यस सूचीमा तेस्रो स्थानमा रहेको छ ।

यससूचीको चौथो नम्बरमा बाहुबली-२ रहेको छ । बाहुबली-२ ले ५१०.९९ करोड कमाई गरेको थियो । त्यसैगरी यस सूचीको पाँचौंको नम्बरमा केजीएफ-२ रहेको छ । केजीएफ-२ ले ४३४.७० करोड भारु कमाई गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै