काठमाडौँ । नेपालले १९ औं एसियाली खेलकुदको क्रिकेटमा मंगोलियाले टस जितेको छ ।
चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि क्रिकेट खेलमा पहिलो पटक डेब्यू गरेको छ ।
यस खेलमा नेपालबाट रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने खेल्दैछन् ।