• २०८१ बैशाख १६ आइतबार

एशियन गेम्समा आज नेपाली महिला फुटबल टिम भियतनामसँग भिड्दै

kharibot

फाइल तस्बीर

काठमाडौं । आज नेपाल र भियतनामका बिचमा प्रतिस्पर्धा हुदैँछ । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

उत्तरी छिमेकी चीनको हान्झाउ सहरमा भोली शनिवार मात्रै औपचारिक उद्घाटन हुने भए पनि फुटबलगायतका खेल भने उदघाटन अघि नै सुरु भइसकेको छ । जसअनुसार नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धामा भियतनामसँग मैदानमा उत्रन लागेको हो ।

नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ । जुन खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्नसमेत लागेको हो । सो प्रतिस्पर्धाको समूह ‘डी’ मा मा रहेको नेपालले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । नेपालले पहिलो पटक नै समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै