• २०८३ कार्तिक २६ बिहीबार

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । रियल म्याड्रिडले यस सिजनको युइएएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

समुह चरणको पहिलो खेलमा रियल म्याड्रिडले युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । 

संघर्षपूर्ण जित हासिल गर्नेक्रममा रियल म्याड्रिडका लागि खेलको ९४औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै जिताएका थिए । 

यो जितपछि समुह सी मा रहेको रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक जोडेको छ ।  त्यस्तै यस समुहमा रहेको नापोलीले बार्गालाई २-१ गोलले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै