काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले शेफिल्ड युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा टोटनह्यामले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै खेल जितेको थियो ।
यसअघि खेलको ७३औ मिनेटमा गुस्ताभो हामरको गोलमा अग्रता लिएको शेफिल्डले ९० मिनेटपछिको इन्जुरी समयमा दुई गोल खाएको थियो ।
टोटनह्यामका लागि खेलको ९८औं मिनेटमा रिचार्लिशन र १००औ मिनेटमा डेजान कुलुसेभ्सकीले गोल गरेका थिए ।
यो जितपछि टोटनह्यामको ५ खेलमा १३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै शेफिल्डको भने यो हारपछि ५ खेलमा एक अंक रहेको छ र लिगमा १७औँ स्थानमा रहेको छ ।









