• २०८३ असोज २ शुक्रबार

विमानस्थल भन्सारका कर्मचारी आन्दोलनमा: निकासी-पैठारी ठप्प

विमानस्थल भन्सारका कर्मचारी आन्दोलनमा: निकासी-पैठारी ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आन्दोलनका कारण आज कार्गोको निकासी पैठारी ठप्प भएको छ । आफ्नो काममा निरन्तर हस्तक्षेप भएको भन्दै विमानस्थलका कर्मचारीले आन्दोलन शुरु गरेका हुन् । 

सुन तस्करी प्रकणरमा एकपछि अर्को कर्मचारी तानिएको र सोधपुछको क्रम बढेपछि विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम गर्ने वातावरण नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हु्न् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

उनीहरुले सामूहिक सरुवाको माग पनि पूरा नभएको भनेर उनीहरु आन्दोलन थालेका हुन् । आइतबार तीन घण्टा पेनडाउन गरेका कर्मचारीले सोमबार र मंगलबार कार्गो निकासी-पैठारीसम्बन्धी काम ठप्पको आह्वान गरेका छन् ।

आफ्ना मागमा सुनुवाइ नभए भोलिदेखि यात्रु जाँचपास पनि रोकिने भन्सार कर्मचारीले चेतावनी दिएर आन्दोलन शुरु गरेका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै