• २०८१ बैशाख १६ आइतबार

फिल्म ‘मायावी’ बाट पल शाहको कमब्याक

kharibot

काठमाडौँ । एक वर्ष जेल जीवन विताएर फर्किएका अभिनेता पल शाहले दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मायावी’ बाट सिनेमामा कमब्याक गर्ने भएका छन् । 

बिहीबार फिल्मको निर्माण पक्षले एक पोस्टरमार्फत् फिल्ममा पल अनुबन्धित भएको जानकारी गराएको हो ।

फिल्ममा पलको जोडी अभिनेत्री दीपिका प्रसाईंसँग बाँधिनेछ । यसअघि यो जोडीले एक म्यूजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् । फिल्ममा भने यी दुईबीच पहिलोपटक सहकार्य हुन लागेको हो ।

आगामी असोज पहिलो हप्ताबाट छायांकन हुन लागेको फिल्ममा आशिर्वाद क्षेत्री र रिहान गिरीको पनि अभिनय रहनेछ ।

दीवाकर स्वयंको लेखन रहेको फिल्म क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण हुनेछ । एसडी योगीको संगीत, राम अविरल विष्टको गीत र राजुविक्रम थापाको डिओपी रहने ‘मायावी’को छायांकन तालनगरी पोखरा आसपासमा गरिने निर्देशक भट्टराईले जानकारी दिएक छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै