काठमाडौँ । एशिया कपको सुपर चारमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गर्दै सुपर चारमा विजयी शुरुवात गरेको हो ।
बंगलादेशले दिएको १९४ रनको लक्ष्य पछाएको पाकिस्तानले ३९.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ३८.४ ओभरमा अल आउट हुदै १९३ रन बनाएको थियो ।
यो जितपछि पाकिस्तानले सुपर चारमा २ अंक हासिल गरेको छ ।
सुपर चार अन्तर्गत अब अर्को खेल आगामी शनिबार श्रीलंका र बंगलादेशबीच हुने छ ।









