• २०८१ बैशाख १६ आइतबार

वात्सल्य क्लिनिक ७औं वर्षमा प्रवेश, आइभिएफबाट ३ हजारभन्दा बढी दम्पतीलाई सन्तान प्राप्त

kharibot

काठमाडौँ । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफले ३ हजार भन्दा अधिक दम्पतीलाई आईभीएफ विधि मार्फत् सन्तान प्राप्तिको खुशी दिंदै, आज श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा आफ्नो ७औं वर्षमा प्रवेश गरेको छ। 

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ (३०००+ आईभीएफ, १८००+ आईयूआई, २२००+ नेचुरल प्रेग्नेन्सी) गरिसकेको वात्सल्य क्लिनिकले जानकारी दिएको छ ।

नि:सन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ त्यसैले उपचारको अवधिमा आधुनिक पद्दति सँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अनुभव छ ।

क्लिनिक भित्रको सकारात्मक उर्जाले नै सफलता पाउँछु भन्ने विश्वास जाग्छ भन्ने अनुभव कैयौं सेवाग्राहीहरु व्यक्त गर्नुहुन्छ त्यसैले यहाँ नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आउने गरेका छन् र सफलता प्राप्त गरेका छन् ।

आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आई. भी. एफ. सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ । आगामी केहि दिनहरुमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको यहाँका कार्यकारी प्रमुख, प्रशान्त सुवेदीले बताए ।

नि:सन्तान सम्बन्धि सम्पूर्ण सेवाहरु (आईभीएफ, आईयूआई ओवेरियन इन्डक्सन, आदि), प्रसुतीपूर्वको जाँच, फेर्टिलिटी फ्रिजिङ्ग जस्ता विभिन्न सेवाका लागि ०१-५९७०६११ मा बिहान ८ बजे देखि राती ८ बजे सम्म सम्पर्क गर्न सकिन्छ वा www.vatsalya.com.np मा भिजिट गरेर थप जानकारी लिन सकिने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै