काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बर्नलीमाथि शानदार जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा १-० गोलले पछि परेको टोटनह्यामले खेलमा कमब्याक गर्दै ५-२ गोल अन्तरको जित हासिल गरेको हो ।
टोटनह्यामको जितमा सन हेंग मिनले ह्याट्रिक गरेका छन् । सनले खेलको १६औं, ६३औं र ६६औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।
त्यस्तै क्रिस्टियन रोमेरो र जेम्स माडिसनले एक एक गोल गरेका थिए ।
त्यस्तै बर्नलीका लागि लिले फोस्टर र जोश ब्रोनहिलले एक एक गोल गरेका थिए ।
यो जितपछि टोटनह्यामको ४ खेलमा १० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बर्नलीले यस सिजनमा लगातार तीन खेलमा हार बेहोरेको छ ।









