काठमाडौँ । एशिया कपमा आयोजक श्रीलंकाले विजयी शुरुवात गरेको छ ।
श्रीलंकाले समुह बि अन्तर्गको पहिलो खेलमा बंगलादेशमाथि ५ विकेटको जित हासिल गरेको हो ।
बंगलादेशले दिएको १६५ रनको लक्ष्य पछाएको श्रीलंकाले ३९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
श्रीलंकाको जितमा चरिथ असलंकाले अविजित ६२ रन बनाए भने सदीरा समराविक्रमाले ५४ रन बनाएका थिए ।
यसअघि बंगलादेशले पहिलो ब्याटिंग गर्दै ४२.४ ओभरमा १६४ रन बनाएर अल आउट भएको थियो ।
अब बंगालदेशले आइतबार अफगानिस्तानको सामना गर्दै छ भने श्रीलंकाले अर्को खेल सेप्टेम्बर ५ मा अफगानिस्तानको सामना गर्दै छ ।









