• २०८१ बैशाख १६ आइतबार

अष्ट्रेलियामा युद्धाभ्यासका क्रममा हेलिकप्टर दुर्घटना हुदा तीन अमेरिकी सैनिकको मृत्यु

kharibot

काठमाडौँ । अमेरिकी सेनाको भी-२२ ओस्प्रे हेलिकप्टर अष्ट्रेलियामा युद्धाभ्यासका क्रममा दुर्घटनाग्रस्त भएको छ । यसमा सवार २३ सैनिक गम्भीर घाइते भएको बताइएको छ ।

बीबीसीका अनुसार अहिले यीमध्ये ३ सैनिकको मृत्यु भइसकेको छ । जबकि ५ जनाको अवस्था चिन्ताजनक छ । सैनिकहरूलाई बचाउन केही घण्टाको उद्धार कार्य गरिएको थियो ।

दुर्घटना स्थानीय समय अनुसार बिहान ९:४३ मा डार्विन सहरको तिवी टापुको तटमा भएको हो । सैन्य अभ्यासमा फिलिपिन्स र इन्डोनेसिया पनि सहभागी थिए ।

यो अमेरिका र अष्ट्रेलियाबीचको सबैभन्दा यस बर्षको ठूलो अभ्यास हो । यस सैन्य अभ्यासमा करिब २५ सय सैनिकले भाग लिइरहेका छन् । यसमा ५०० अमेरिकी, १२० फिलिपिनो सैनिक, १२० इन्डोनेसियाली र ५० टिमोर-लेस्टेका छन् भने बाँकी सैनिक अस्ट्रेलियाका रहेका छन् ।
अष्ट्रेलियाको डिफेन्स फोर्सका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार सबै सैनिक अमेरिकी थिए । 

एक महिनामा दोश्रो ठूलो दुर्घटना युद्धाभ्यासका क्रममा अभ्यासका क्रममा यो दोस्रो ठूलो दुर्घटना हो । यसअघि जुलाई २९ मा अमेरिकासँगको सैन्य अभ्यासका क्रममा अष्ट्रेलियाको सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । एमआरच- ९०० टाइपान हेलिकप्टर ह्यामिल्टन टापु नजिकै दुर्घटना भएको थियो । जसमा चार सैनिकको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय