• २०८१ बैशाख १७ सोमबार

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

kharibot

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेसी न्यायाधीश प्रकाश प्रसाद पण्डितको इजलासमा परेको छ । सन्दीपविरुद्धको मुद्धा न्यायाधीश पण्डितको पाँचौं नम्बरमा रहेको छ ।

आजदेखि यो मुद्धामा नियमित सुनुवाई हुने भएको छ । यसअघि साउन ३२ गते न्यायाधीश राजकुमार खतिडवाको इजलासले यो मुद्दाको सुनुवाइ निरन्तर हुने बताउदै पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको थियो ।

नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।

सन्दीपले पेश गरेको प्रमाणमा आमाको जन्ममिति फरक देखिएको थियो । तर सन्दीपले त्यसको जवाफमा आफुले कुनै फ्यानले दिएको प्रमाण पेश गरेको उल्लेख गरेका छन् । 

यसअघि सन्दीप विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन । 

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । 

उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएकोमा पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै