• २०८१ बैशाख १६ आइतबार

थाइल्याण्डका नयाँ प्रधानमन्त्रीमा थाभिसिनद्वारा पदभार ग्रहण

kharibot

बैङ्कक । राजाको समर्थनमा थाइल्याण्डका नयाँ प्रधानमन्त्री बनेका मोगुल स्रेथा थाभिसिनले बुधबार पदभार ग्रहण गरेका छन् ।

अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग लामो समयदेखि सम्बद्ध फेउ थाई पार्टीकी पूर्व धनाड्य थाभिसिनको नियुक्तिले मेको आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक गतिरोध अन्त्य गरेको छ ।

थाक्सिन १५ वर्षको निर्वासनबाट स्वदेश फर्केको केही घण्टापछि मङ्गलबार संसदीय मतदानबाट ६१ वर्षीय थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेको पुष्टि गरिएको थियो ।

त्यसैगरी थाक्सिनलाई भ्रष्टाचारको पुरानो मुद्दामा तत्काल जेल चलान गरिएको छ ।  स्थानीय समयानुसार मङ्गलबार साँझ ६:०० बजे फेउ थाई मुख्यालयमा आयोजित एक समारोहमा श्रीताले राजा महा वजिरालोङकोर्नको सरकार गठनको लिखित आदेश प्राप्त गरेका थिए । थाइल्यान्डको पछिल्लो सरकारलाई सत्ताच्युत गर्ने पूर्व सेनाप्रमुख प्रयुत चान ओ चाले श्रेतालाई बधाई दिँदै शुभकामना दिएका छन् ।

मे महिनामा भएको चुनावमा प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) ले युवा र शहरी असन्तोषको लहर चलाएपछि प्रयुतको दल पराजीत हुन पुगेको हो ।

तर एमएफपीले शाही अपमान कानूनमा सुधार गर्न र शक्तिशाली निहित व्यापारिक स्वार्थहरू विरुद्ध लड्ने बताएपछि थाइल्याण्डको अभिजात वर्गलाई तर्साएको थियो ।

यही कारण एएफपी नेता पिता लिम्जारोएनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो । यसले चुनाव उपविजेता फेउ थाईका लागि एक गठबन्धन निर्माण गर्न बाटो खोल्यो जसमा प्रयुतको पार्टी र सन् २००६ मा थाक्सिनलाई सत्ताच्युत गर्ने जनरलहरू र २०१४ मा उहाँकी बहिनी यिङ्गलकसँग सम्बन्धित अर्को गठबन्धन रहेको छ । 

थाई राजनीतिको पछिल्लो दुई दशक थाक्सिन समर्थक पार्टीहरू र राज्यको शक्तिशाली सैन्य समर्थक र राजावादी संस्थापनबीचको तिक्ततापूर्ण सङ्घर्षले रङ्गिएको छ ।

थाक्सिनलाई मङ्गलबार आठ वर्षको जेल सजाय सुनाइएको थियो, तर उनको पुनरागमनको समय र फेउ थाईको सैन्य समर्थक पार्टीहरूसँग सत्ता साझेदारी गर्ने निर्णयले धेरैलाई उनलाई उदारता प्रदान गर्न ‘ब्याकरुम’ सम्झौता गरिएको अनुमान गर्ने आधार खडा गरेको छ । यद्यपि, पार्टीले यसलाई अस्वीकार गरेको छ ।

म्यानचेस्टर सिटीका पूर्व मालिक ७४ वर्षीय थाक्सिनलार्ई बुधबार कारागारको क्वारेन्टाइनबाट प्रहरी अस्पतालमा सारिएको थियो । थाइ सञ्चारमाध्यमका अनुसार उनलाई बैङ्ककको डाउनटाउनमा रहेको प्रहरी जनरल अस्पतालको १४ औं तल्लामा रहेको एक निजी भीआईपी कोठामा राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै