• २०८१ बैशाख १६ आइतबार

रुसको चन्द्रमा मिशन लुना- २५ दुर्घटनाग्रस्त

kharibot

फाइल तस्बीर

काठमाडौँ । रुसको चन्द्रमा मिशन लुना- २५ दुर्घटनामा परेको छ । सञ्चार अवरुद्ध भएपछि रुसको लुना-२५ अन्तरिक्ष यान चन्द्रमाको सतहसँग ठोक्किएको रसियाको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसलाई उद्धृत गर्दै रुसको सरकारी सञ्चार माध्यम तासले रिपोर्ट गरेको छ ।

यो अन्तरिक्ष यान ४७ वर्षमा रुसको पहिलो चन्द्रमा अवतरण अभियान थियो । लुना-२५ टक्कर हुनु अघि अफ-डिजाइन कक्षामा स्विच गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

साथै यस घटनाको विशेष अन्तरविभागीय आयोगले अनुसन्धान गर्ने रसियन मिडियाहरुले बताएका छन् ।

लुना- २५ अन्तरिक्ष यानले 'आपतकालीन अवस्था' रिपोर्ट गरेको एक दिन पछि दुर्घटनाको खबर बाहिर आएको छ । लुना- २५ ले पूर्व अवतरण कक्षमा प्रवेश गर्न खोजिरहेको थियो ।

रुसको लुना २५ ल्यान्डर मिसन सोभियत युग पछि चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने देशको पहिलो प्रयास थियो । यसअघि रुसको चन्द्रमा मिशन लुना- २४, अगस्त १८, १९७६ मा चन्द्रमाको सतहमा अवतरण भएको थियो ।

लुना-२५ अन्तरिक्ष यानले रुसको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट अगस्त १० मा प्रक्षेपण गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै