काठमाडौँ । आयरल्याण्ड टूरमा रहेको भारतीय क्रिकेट टिमले टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न बर्षाले प्रभावित खेलमा भारत डक वर्थ लुइस नियम अनुसार २ रनले विजयी भएको हो ।
आयरल्याण्डले दिएको १४० रनको लक्ष्य पछाएको भारतले ६.५ ओभरमा २ विकेट गुमाउदै ४७ रन बनाउदा खेल बर्षाले रोकिएको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।
यस सिरिजमार्फत लामो समयको इन्जुरीपछि अन्तर्राष्ट्रिय खेलमा कमब्याक गरेका भारतका तिब्र गतिका बलर जसप्रित बुमराहले शानदार प्रदर्शन गरेका छन् । यस सिरिजमा भारतको कप्तानी समेत गरिरहेका बुमराहले ४ ओभरमा २४ रन दिदै २ विकेट लिएका थिए । उनले खेलको पहिलो ओभरमा नै २ विकेट लिएर आयरल्याण्डमाथि दबाब बनाएका थिए ।
अब भारतले दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार खेल्ने तालिका रहेको छ ।









