• २०८१ बैशाख १६ आइतबार

इन्स्टाग्राममा रोनाल्डोको नयाँ किर्तिमान

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको लोकप्रियता फुटबल मैदान बाहिर पनि हरेक दिन अहिले पनि बढिरहेको छ । फुटबल मैदानमा हरेक दिन नयाँ किर्तिमान बनाइरहेका रोनाल्डोले पछिल्लो पटक सामाजिक सञ्जालमा फलोअरको नयाँ किर्तिमान बनाएका छन् ।

रोनाल्डोलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या ६०० मिलियन पुगेको छ । रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् । साथै इन्स्टाग्राममा ६०० मिलियन फलोअर हुने रोनाल्डो पहिलो व्यक्ति हुन् ।

यस अघि रोनाल्डोको २०२२ को नोभेम्बरमा ५०० मिलियन फलोअर नाघेका थिए । त्यसपछि एक बर्षभन्दा कम समयमा उनका एक सय मिलियन फलोअर बढेका छन् ।

फुटबल मैदानमा रोनाल्डोसँग सधै प्रतिष्पर्धा र तुलाना हुने लियोनेल मेसी भने इन्स्टाग्राममा फलोअरको मामिलामा भने धेरै पछाडी रहेका छन् । मेसीका इन्स्टाग्राममा अहिलेसम्म ४८२ मिलियन फलोअर रहेका छन् ।

मेसीपछि तेस्रो स्थानमा धेरै फलोअर हुनेमा गायिका तथा कलाकार सेलेना गोमेज रहेकी छन् । गोमेजको इन्स्टाग्राममा ४२७ मिलियन फलोअर रहेका छन् ।

इन्स्टाग्रामबाट कमाई 

यसका साथै रोनाल्डोले इन्स्टाग्रामबाट राम्रो कमाई समेत गरिरहेका छन् । उनले इन्स्टाग्राममा एक कमर्सियल पोष्ट गरेको करिब २.४ मिलियन डलर लिने गर्दछन् । त्यस्तै लियोनेल मेसीले प्रति पोष्ट १.८ मिलियन डलर लिने गर्दछन् । त्यस्तै सेलेना गोमेजले १.७ मिलियन लिने गर्दछिन ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै