• २०८३ असोज १ बिहीबार

अल नासर अरब क्लब च्याम्पियनसिपको सेमिफाइनलमा

अल नासर अरब क्लब च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ । अल नासर अरब क्लब च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार राति सम्पन्न क्वाटरफाइनलमा मोरक्कोको क्लब राजा सीएलाई ३-१ गोल अन्तरले पराजित गर्दै अल नासर अरब क्लब च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, सुल्तान अल घानाम र सेको फोफानाले एक एक गोल गरेका थिए । त्यस्तै राजा सिएका लागि अल नासरका अब्दुल्लाह मदुले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अल नासर अरब क्लब च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा अल नासरले इराकी क्लब अल शोर्टासँग खेल्ने भएको छ ।  सेमिफाइनलको खेल अगस्त ९ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै