• २०८३ कार्तिक २६ बिहीबार

आइसीसीको इङल्याण्ड र अस्ट्रेलियालाई कारवाही

आइसीसीको इङल्याण्ड र अस्ट्रेलियालाई कारवाही

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले हालै सम्पन्न एसेज सिरिजमा स्लो ओभरमा बलिङ गरेको भन्दै इङल्याण्ड र अस्ट्रेलियालाई कारवाही गरेको छ ।

आइसीसीले कारवाही स्वरूप दुवै देशलाई वर्ल्ड टेस्ट च्याम्पियनसिपका लागि पाउने अंक घटाइदिएको हो । आइसीसीले पाँच टेस्टमा इङल्याण्डलाई १९ अंक र अस्ट्रेलियालाई १० अंक घटाएर कारवाही गरेको छ ।

इङल्याण्डलाई पहिलो टेस्टमा २, दोस्रो टेस्टमा ९, चौथो टेस्टमा ३ र पाँचौं टेस्टमा ५ अंक गरि १९ अंक घट्ने जरिवाना तोकिएको छ । त्यस्तै अस्ट्रेलियालाई चौथो टेस्टमा १० अंकको जरिवाना गरिएको छ ।

यसरी पाँच खेलको एसेज सिरिजमा विश्व टेस्ट च्याम्पियनसिपका लागि इङल्याण्डले केवल ९ अंक हासिल गरेको छ भने अस्ट्रेलियाले १८ अंक हासिल गरेको छ ।

अहिलेसम्म विश्व टेस्ट च्याम्पियनसिप (२०२३-२०२५) मा पाकिस्तान शिर्ष स्थानमा छ भने भारत दोस्रो, अस्ट्रेलिया तेस्रो, वेस्ट इन्डिज चौथो तथा इङल्याण्ड पाँचौं स्थानमा रहेको छ ।
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै