• २०८१ बैशाख १६ आइतबार

उत्तर कोरियाका रकेट प्रयोग गर्दै युक्रेनी सेना !

kharibot

काठमाडौँ । युक्रेनी सैनिकहरूले युद्धमा उत्तर कोरियाली रकेट प्रयोग गरेको देखिएका छन् । फाइनान्सियल टाइम्सका अनुसार युक्रेनको रक्षा मन्त्रालयले यी रकेटहरू रुसी सैनिकबाट आफ्नो कब्जामा लिएको बताएको छ । युक्रेनको बाख्मुत सहर नजिकै सेनाले उत्तर कोरियाली हतियार प्रयोग गरेको देखिएको छ ।

अमेरिकाले तानाशाह किमले रुसलाई समुद्रको माध्यमबाट हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएको छ । दुवै देशले अमेरिकाको दाबीलाई निरन्तर अस्वीकार गर्दै आएका छन् ।

जुलाई २७ मा रुसी रक्षामन्त्री सर्गेई शोइगुले उत्तर कोरियाको विजय दिवस परेडमा प्रमुख अतिथिको रूपमा भाग लिएका थिए । त्यसपछि उनले उत्तर कोरियाको रक्षा प्रदर्शनीमा ब्यालेस्टिक मिसाइल अवलोकन गरेका थिए ।

यसैक्रममा मस्कोमा फेरि एक पटक ड्रोन आक्रमण भएको छ । आरटीका अनुसार मस्कोको वित्तीय केन्द्रमा ३ वटा ड्रोनद्वारा आक्रमण भएको थियो, जसमा २ वटा भवनमा क्षति पुगेको थियो । राजधानीका मेयर सर्गेई सोब्यानिनले युक्रेनले आक्रमण गरेपछि हवाई यातायात बन्द गरिएको बताए । आक्रमणमा एक जना घाइते भएका छन् । दुवै भवन खाली गरिसकिएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार रुसको वायु रक्षा प्रणालीले २ युक्रेनी ड्रोनलाई खसालेको थियो । र एक ड्रोन मस्को बाहिर खसे। समाचार एजेन्सी टासका अनुसार ड्रोन गैरआवासीय भवनको ५-६ औं तलामा खसेको थियो जहाँ भवनको सिसा फुटेको थियो। यसै क्रममा त्यहाँ विष्फोट पनि भएको थियो, त्यसपछि त्यहाँबाट मानिसहरुलाई हटाइएको थियो । अहिले घटनास्थलमा रहेको दमकल र प्रहरी टोलीले भवनलाई सिल गरेको छ ।

यसअघि सोमबार अर्थात जुलाई २४ मा पनि रुसले युक्रेनमाथि ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो । युक्रेनको यो हमलालाई लिएर अमेरिकाले रुसमाथिको आक्रमणमा युक्रेनलाई समर्थन नगर्ने बताएको थियो ।

यसअघि मे ३ मा रुसी राष्ट्रपति पुटिनको घर क्रेमलिनमा २ ड्रोनले आक्रमण गरेको थियो । दुबै ड्रोनहरू क्रेमलिनको डोममा दुर्घटनाग्रस्त भएका थिए । तर, आक्रमणको समयमा पुटिन त्यहाँ उपस्थित थिएनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै